दाङ, १४ माघ । प्रेस चौतारी नेपाल दाङले प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

कार्यबाहक अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैठकले माघ २० गते तुलसीपुरमा विस्तारित भेला गर्ने निर्णय गरेको छ । जसको तयारीका लागि उपाध्यक्ष सुधासुमन ढकालको संयोजकत्वमा कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी, तुलसीपुर नगर कमिटी अध्यक्ष वसन्त परियार र महिला विभाग संयोजक दिप्तीशिखा चौधरी सदस्य रहेको तयारी समिति समेत गठन गरेको छ ।

त्यसैगरी दोस्रो दिन माघ २१ गते लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेको संयोजकत्वमा देउखुरीको लमहीमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ र स्थापना दिवसको दिन माघ २२ गतेका दिन स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा गरी मनाउने निर्णय गरेको छ ।

उक्त कार्यक्रमका लागि जिल्ला सचिव किरण गौतम संयोजक, सहसचिव चन्द्रप्रकाश नेपाली र कार्यसमिति सदस्य महेश बस्नेत सदस्य रहेको तयारी समिति गठन गरेको छ । साथै पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्व अध्यक्ष दुर्गालाल केसी सदस्य र कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा सदस्य सचिव रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

त्यसैगरी फागुन १८ र १९ गते प्रेस चौतारी दाङको आयोजना तथा लुम्बिनी प्रदेश कमिटीको समन्वयमा दाङको घोराहीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता हुनेगरी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने पनि निर्णय गरेको सचिव किरण गौतमले बताएका छन् ।