काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एकजना सेवाग्राहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा उनीहरू दुवैविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राहदानी बनाएवापत सेवाग्राहीसँग सापकोटाबाट ३४ हजार घुस रकम लिएको पुष्टि भएकाले भट्टराईविरुद्ध सोही रकम बराबरको बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छभने सापकोटाले भट्टराईसँगको मिलेमतोमा घुस वापतको रकम भट्टराईको खातामा जम्मा गरेले सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।











