काठमाडौं । आज देशका चारवटा प्रदेशमा हिमपात हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराइँमा अझै राम्रोसँग घाम लागेका छैनन् भने, केही मध्यतराइँका जिल्ला र पहाडी जिल्लामा हिमपातका कारण चिसो बढेको छ । दिउँसो घाम लागेपनि विहान र वेलुका चिसो रहेको छ ।