घोराही, १२ साउन । खोलामा आएको बाढिका कारण दाङको घोराही तुलसीपुर सडक खण्ड अझै पुर्ण रुपमा संचालनमा आउन सकेको छैन् । ठुला सवारीका साधनहरु वारपार गरे पनि साना सवारीका साधनहरु भने अझै वारपार गर्न सकेका छैन्न ।

घोराही तुलसीपुर सडक खण्डमा पर्ने सेवारखोला, पत्रेखोला र ग्वार खोलामा बाढीको बहाब उल्लेख्य रुपमा नघटेपछि किया, कार, जिप, मोटरसाईकल र पैदल यात्रुहरुलाई खोला पार गर्न समस्या भएको हो ।

13631537_1147505511979453_2112081931381284149_nतर दाङका खोलाहरुमा पानीको बहाव बिस्तार घटदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । वर्षा कम भएपछि देउखुरी क्षेत्रको डुवान क्षेत्रपनि विस्तारै घट्दै गएको छ ।

यसैबिच ग्वारखोलामा आएको बाढिले हिजो बगाएको रा ३ प ४६२५ नम्वरको मोटरसाईकल आज फेला परेको छ । घोराहीवाट तुलसीपुर जाँदै गरेको उक्त मोटरसाईकललाई ग्वारखोलाले बगाएको थियो । मोटरसाईकल आज फेला परेको र सम्बन्धित ब्यक्तिको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।