काठमाडौं १२ साउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आवश्यक परे पुनः नयाँ सरकारमा सहभागि हुने सकिने बताएको छ । केपी ओली नेतृत्वको सरकार ढलेपछि पहिलो पटक बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्यासमिति बैठकबाट नयाँ सरकारमा सहभागि हुनेबारे कुनै निर्णय नगरिएको बताए । तर

Former-Home-Minister-and-RPP-Nepal-Chairman-Kamal-Thapa-700-1050915एकताको प्रक्रियामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः नयाँ सरकारमा सहभागि हुने तयारी गरे पछि कमल थापाले पनि आवश्यक परे सरकारमा जानसकिने बताए

‘ राप्रपासँग पार्टी एकताको प्रक्रियामा रहेका छौं, यही कारणले बैठकले सरकारमा सहभागि नहुने भन्ने कुनै औपचारिक निर्णय गरिएको छैन’, पत्रकार सम्मेलनमा थापाले भने, ‘नयाँ सरकारमा सहभागि हुने नहुने बारे आवश्यकता अनुसार केन्द्रीय कार्यसम्पादन समितिले निर्णय लिन लिनेछ ।’