
घोराही १२ साउन । जिल्ला कृर्षि विकास कार्यालय दाङले २ हजार किसान लाई तरकारी विउ वितरण गरेकाृे छ । गत वर्ष असिना पानी क्षति पु¥याई तरकारी नष्ट भएका जिल्ला २ हजार कृषकहरु लाई जिल्ला तरकारी विउ वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालयका सुचना अधिकारी भरतमणि पोख्रेलले जानकारी दिनुभयो । कार्यालयले राहात स्वरुप एक क्याम्पोजिट प्याकेट प्रति किसान एक ओटाका दरले वितरण गरिएको जानकारी दिनुभयो ।
![t/sf/L tyf aLp pTkfbg:yn h'Dnfsf] rGbggfy! l:yt /fwf t/sf/L tyf aLp pTkfbg:yn . lhNnfs} 7"nf] of] t/sf/L v]tLaf6 jflif{s nfvf}F cfDbfgL x'g] u/]sf] 5 . tl:a/ M l;aL clwsf/L, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/07/15138.jpg)
जिल्लाको गंगापस्पुर , फुलवारी , उरहरी , डुरुवा , धर्ना , त्रिपुर नगरपालिका र पुरन्धरा गरी २ हजार किसानहरु लाई प्रति व्यक्ति एक क्याम्पोजिट प्याकेट तरकारी विउ वितरण गरिएको जानकारी दिनुभयो । जसमा मुला , रायो , काउली , वन्दा , केराउ र धनिया लगाएतका तरकारी विउहरु राहात स्वरुप वितरण गरिएको पोख्रेलले जानकारी दिनुभयो ।










