तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् ।

आज बिहान भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नंम्बरको जिप दुर्घटना हुँदा नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको ज्यान गएको हो ।

जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो ।