काठमाडौं । यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सात सय ११ फर्जी लाइसेन्स जारी गरिएको भेटिएको छ ।

यातायात व्यवस्था विभागले गरेको छानबिनले सर्वसाधारणको डाटा तोडमोड गरेर कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा फर्जी लाइसेन्स जारी गरिएको भेटिएको हो ।

विभागका अनुसार ७३ हजार पाँच सय ८४ वटा लाइसेन्स जारी नै भइसकेको फेला पारेको छ  भने २९ हजार एक सय २७ वटाको बायोमेट्रिक लिने प्रक्रियामा रहेको भेटिएको छ ।

सवारी लाइसेन्सका सम्बन्धमा गम्भीर समस्या देखिपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल नयाँ लाइसेन्स जारी गर्दा कडाइ गर्ने बताएका छन् ।

छानबिनबाट देखिएका विषयसहित थप छानबिनका लागि विभागले अख्तियार र सिआइबीलाई पत्राचार गर्ने निर्णय गरेको छ । छानबिनकै क्रममा लाइसेन्स नम्बर भएकाको फोटोलगायतको विवरण फेर्न नपाउने व्यवस्था गरिसकेको पनि विभागले जनाएको छ ।

फर्जी लाइसेन्स जारी हुने गरेको सूचना पाएपछि यातायात व्यवस्था विभागले एक महिनाअघि सूचना प्रविधि शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । स