दाङ, १२ साउन
बाढिपहिरोका कारण विस्थापित भएका प्युठानका सर्वसाधारणहरुको स्थिती दयनिय वन्दै गएको छ । पहिरो र बाढीमा आफन्त गुमाएका प्युठानका थुपै्र नागरीकहरु साहाराविहिन वन्न पुगेका हुन ।11

कतिपय स्थानमा अझैं पहिरो आउने क्रम नरोकिएपछि र पहिरोको जोखिममा रहेपछि स्थानीयहरु घरमा रहेका सामानहरु लिएर सुरक्षित स्थानतर्फ लागेका छन ।

तर उनीहरु सुरक्षित स्थानमा गएर के खाने कहाँ वस्ने भन्ने अन्यौलमा छन । उनीहरु एकातिर आफन्त, घरबास गुमाएका छन भने अर्कोतर्फ हतास भएर घर छाड्नुपर्ने अवस्थामा छन ।

कहिँ वाढी त कहिँ पहिरोका कारण वृद्धवृद्धा, वालवालिकाहरु बढि समस्यामा परेको खवर छ ।

22अझैपनि प्युठानमा विभिन्न ठाँउमा पहिरो आउने र मानविय तथा भौतिक क्षति हुने क्रम नरोकिएको वताइएको छ । साथै विपद पीडितहरुले सरकारी उपस्थिती आफुहरु कहाँ नभएको गुनासो गरेका छन ।।