रेणु डिसी
दाङ, १२ साउन
घोराही–मुर्कुटी–प्युठान सडक खण्ड क्षेत्रका स्थानीयले सडक डिजिभन र घोराही सिमेन्ट उद्योगवीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बाटो अवरुद्ध गर्ने चेतावनी दिएका छन ।bato

सो सडक खण्डमा बेश बिच्छाउने कार्य सम्पन्न भएपनि कालो पत्रेको काम रोकिएको भन्दै स्थानीयहरुले यहि साउन २५ गतेदेखि सडक अवरुद्ध पार्ने चेतावनी दिएका हुन । सडक डिभिजन कार्यालय र घोराही सिमेन्ट बिच उक्त सडकखण्ड कालोपत्रे गर्ने सहमति भएको थियो ।

तर कालोपत्रेको काम सम्झौता अनुसार अगाडी वढ्न नसकेको भन्दै तत्काल काम अघि वढाउन माग गरिएको सडक सुधार समितिका ओमकान्त शर्माले जानकारी दिनुभयो । सडक सुधार समितिले आग्रह गर्दै काम शुरु नभएमा सडक अवरुद्ध पार्ने चेतावनि दिएको हो ।

अहिले सो सडक कालोपत्रे नहुदा बाटोमा सैयौ खाल्डाखुल्डि परेका छन् । जस्ले गर्दा दुर्घटनाको जोखिम निम्तिएको शर्माले बताउनुभएको छ । सडक अन्तर्गत घोराही ४ को धाईरेखुट्टि, असारे, रानिदमार, डबरी लगाएतका ठाउँमा परेको खाल्टाखुल्टिका कारण यात्रा गर्न समस्या भएको उहाँले बताउनुभयो । ७ किलोमिटर बेश बिच्छाएको उक्त ठाउँमा गत असार मसान्त सम्म कालोपत्रे गरिसक्ने निर्णय भएको थियो । बेश बिच्छाईएको सडकमा कालोपत्रेका काम अलपत्र भएपछि स्थानियहरु सास्ति खेप्न बाध्य भएका छन् ।।