इन्द्रेणी संवाददाता

दाङ, १२ साउन
बाढिपहिरोका कारण दाङसहित राप्तीमा अहिलेसम्म ३० बढिले ज्यान गुमाएका छन भने त्यत्तिकै हारहारीमा बपत्ता छन । देउखुरीको राप्ती नदि किनारमा ५ जनाको शव फेला परेको छ । राप्ती नदीको वगरमा ३ जना पुरुष र २ जना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।pyu

दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार हिजोको अबिरल वर्षापछिको वाढीले वगाएर ल्याएका शवमध्य एकजनाको मात्र सनाखत भएको छ । अविरल वर्षापछि आएको बाढीले वगाउँदा मृत्यु भएका देउखुरी गंगापरस्पुर ९ का ५५ वर्षिय ठगुराम चौधरीको शब मात्र सनाखत भएको हो ।

४ जनाको शव सतवरिया गाविसको राप्ती नदि वगरमा फेला परेको र पहिचान हुन नसेको उहाँले वताउनुभयो । ४ शव दाङमा या प्युठानमा वाढि र पहिरोमा परि वेपत्ता भएको भन्नेवारेमा केहि खुलेको छैन । साथै घटनास्थलमा प्रहरीको टोली पठाइएको र त्यसपछि पुष्टि हुने प्रवक्ता शर्माले वताउनुभयो । उता, प्यूठानमा बाढीपहिरोका कारण परी मर्नेको संख््या २१ पुगेको छ ।pyuthan
लागातार पहिरो खस्ने क्रम जारी रहेकाले मानविय तथा भौतिक क्षति भइरहेको खवर छ । फोप्ली गाविस ४ अधेरीमा पुनः पहिरोले ४ घर वगाउँदा ३ जनाको मृत्यू भएको छ भने ४ जना वेपत्ता भएका छन ।

मृत्यु हुनेमा दोर्ण वहादुर केसी, उहाँकी श्रीमती पवित्रा केसी र सोही ठाउका नारायण वहादुर केसी रहेको पत्रकार जोगिन्द्र मल्ल ठकुरीले जानकारी दिनुभयो । त्यस्तै पहिरोमा परी हरिवहादुर के.सी, उहाँकी श्रीमती विन्दु केसी, जागेश्वर वुढाथोकी र उहाँका श्रीमती पिमा वुढाथोकी अहिले सम्म वेपत्ता हुनुहुन्छ ।

यस्तै वाहानेमा सोमवार राती गएको पहिरोले पुरी वेपत्ता भएका तिन जना अझंै भेटिएका छैनन । जिल्लाको विभिन्न स्थानमा गएको पहिरा र बाढीमा परी अझै २४ जना वेपत्ता भएको खवर छ । यसैगरी पहिरोमा परी रोल्पामा ४ जनाको मृत्यु भएको छ । रोल्पा उवा–९ घुस्रीमा पहिरोले घर पुरिँदा वेपत्ता रहेका चार जनाको शब बुधवार विहान फेला परेको हो । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया मनकुमारी पुन, उनका १४ वर्षीया छोरा विकास पुन, ११ वर्षीया छोरी आसा पुन र ८ वर्षीय छोरा निकास पुनको शव घरभन्दा डेढ सय मिटर तल भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । पहिरोले घर पुर्दा गुम्चाल–३ निवासी २ वर्षीया सुनिता विकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।11

अविरल वर्षापछि पहिरोको जोखिमका कारण उवाका अन्य दर्जनौ परिवार विस्थापित भएको स्थानीयले बताएका छन्। ईलाका प्रहरी कार्यालय उवा पनि पहिरोको जोखिममा परेपछि भानुभक्त माविमा स्थानान्तरण गरिएको छ । दाङ देउखुरीमो ८० बढि घरहरु डुबानमा परेका छन ।

स्थानीय खोला तथा राप्ती नदिमा पानीको वहाव वढेपछि देउखुरीको १ नगरपालिका र ३ गाविसमा गरी ८५ वटा घरहरु डुवानमा परेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही नगरपालिका वडा नं २ र ९ मा १४ घर डुबानमा परेका छन । यसैगरी सिसहनियाँ गाविस ९ मा ५ वटा, बेला गाविस २ मा ५, १ नं वडामा १ वट घर डुबानमा परेको डिएसपी शर्माले वताउनुभयो ।

यसैगरी सतबरीया गाविस वडा नं ३,४ र ६ मा ६० बटा घर डुबानमा परेका हुन । अबिरल बर्षापछि आएको बाढीले राप्ती नदि आसपासका ति गाँउमा डुबानको जोखिम वढेको छ । साथै दाङ प्रशासनले बिभिन्न नदि तथा खोलाहरुमा बाढी आएपछि सम्भाबित जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।।