अमर क्षितिज भण्डारी
साउन १२ दाङ । अबिरल बर्षा पछि आएको बाढीे बगाएर ल्याएका शबहरु राप्ती नदीको बगरमा ५ फेला परेका छन् । सतबरिया गाबिस ५ बगरापुरमानय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त भए लगत्तै त्यस क्षेत्रमा पुगेको वडा प्रहरी कार्यालयको टोलीले अहिले सम्म ३ महिला र २ पुरुषको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपि प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
फेला परेका ५ शब मध्ये १ जना गंगापरस्पुर ९ का ठगुराम चौधरी रहेको प्रहरी प्रबक्ता डिएसपि प्रकाशराज शर्माले जानकारी दिनुभयो । शबहरु अन्यपनि भएकाले संकलनको काम भैरहेको प्रहरीले बताएको छ । बाढिले बगाएर ल्याएका शबहरु क्षत बिक्षत अबस्थामा रहेको घटनास्थलमा वडा प्रहरी कार्यालय लमहीका सइ नरेशकुमार ढकालले जानकारी दिनुभयो ।
