रेखा मगर
दाङ, १२ साउन
लगातारको वर्षाका पहिरोको जोखिममा रहेको घोराही–होलेरी सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । अविरल वर्षाले कमजोर वनेको जमिनको धरातलवाट पहिरो खस्ने क्रम नरोकिदा र कमजोर सडकका कारण सवारीका साधन सन्चालनमा रोक समेत लगाइएको छ ।
कालोपत्रे नभएको उक्त सडकखण्ड हरेक वर्षायाममा अवरुद्ध हुँदै आएकोमा यस वर्ष पनि त्यहि समस्या दोहोरिएको छ ।
घोराही होलेरी–सडकखण्डमा दाङबाट रोल्पा जाने र रोल्पावाट दाङ झर्ने कुनैपनि सवारीका साधन सन्चालन नगर्न भनिएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । सैघाको गैरा भन्ने स्थानमा ठूलो पहिरो र अन्य विभिन्न ठाँउमा पहिरो झर्दा अवरुद्ध वनेको सडक खुलाउन स्काभेटरले काम गरिरहेको भनिएपनि पहिरो नरोकिदा समस्या भएको छ ।
कच्ची वाटोमा पानी पर्ने वित्तिकै पहिरोका कारण सडक जाम हुँदा यात्रामा कठिनाइ भएको छ भने मानिसहरुको अत्यावश्यकीय काम प्रभावित हुँदै आएको छ ।।