बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा कारले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ३४६३ नम्बरको कारले कारकाँदोमा रहेको एसके पेट्रोलपम्प नजिकै ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाह र अर्का एक जना पुरुषको ज्यान गएको हो ।

ज्यान गुमाएका पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुवै जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

दुर्घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।