काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिएका छन् ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार समिति गठन मन्त्रिपरिषदबाट भएको हो । गठन भए लगत्तै समितिले काम सुरु गर्नेछ ।
ूललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । भोलि मिति २०८०र९र१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको अौपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ’’, सचिवालयको सूचनामा भनिएको छ
