राप्ती राजमार्ग अन्ततरगत सितलपुर – अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको छ ।
आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको हो ।घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए।
तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। गाडी सडक छेउनमै वरालो झर्दै गर्दा सडकमै पल्टिएको छ, । ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ । बसमा कुल ४० जना जति सवार रहेको अनुमान गरिएको छ ।
