देउखुरी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेको बताएका छन् ।

खंग्रानाका हुदै भैंसाही नाका सम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयसँंग भेटघाटका क्रममा उनले नाका क्षेत्रमा विकट पनि भएको र दुःख कष्टपूर्ण जीवनयापनले भएपनि आफ्नो राष्ट्रियताको रक्षा गरेको उनले बताए ।‘नाकाको बस्तीहरुले जुन दुःख कष्टकोसाथ बस्ती बसाल्नु भएको छ । यी गाउँहरुले हाम्रो राष्ट्र र राष्ट्रियताको रक्षा गरेको छ’,उनले भने ।

नाका क्षेत्रले गणतन्त्र प्राप्तीकालागि पनि ठूलो योग्दान गरेको उनले बताए । साथै उनले नाका क्षेत्रमा बाटो संगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिकतामा राखेको बताए ।

उनले नाका सम्म पुग्ने उत्तर दक्षिणको सडक निर्माण पहिलो चरणमा राखेको तथा कपिलवस्तुको पश्चिम भाग र दाङको पुरै सिमाना र नेपालगंजको पुर्वी भाग सिमावर्ती क्षेत्रमा सिमानाको ठुलो समस्या भएको भएको भन्दै त्यसमा आफ्नो ध्यान रहेको बताए । सिमावर्ती क्षेत्रमा बाह्रै महिना यातायातका सुचारु हुने हिसावले काम गर्न चाहेको उनले बताए ।