दाङ । घोराहीको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आज शुक्रवार एक कार्यक्रम गरी आफ्नो ४३ औं बार्षिकोत्सव मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व एंव घोराही उपमहानगरपालिका शिक्षा समितिका संयोजक एंव नगर प्रवक्ता राममणि पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले घोराही उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको बिकास गर्दै शिक्षाको गुणस्तर बृद्धिका लागि काम भइरहेकोे बताए ।

शैक्षिक गुणस्तरका लागि माघ भित्रमा नगरपालिकाले नै ब्यवस्था गरेर सामुदायिक विद्यालयमा अपुग शिक्षक पढाउने, शिक्षासँगै स्वास्थ्य, नृत्य लगाएका बिषयमा समेत पढाउने गरी शिक्षकको ब्यवस्था गर्न लागेको पाण्डेयले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहागरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले नमुना विद्यालयका रुपमा अघी बढेको सरस्वती माविको समग्र बिकास लागि आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अक्षयकोषदातका तर्फबाट हरि सुवेदी जरा, पत्रकार निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, शिक्षक अभिभाक संघका निर्वतमान अध्यक्ष शिशिर अधिकारी, सरस्वती टोल बिकास संस्था पूर्व अध्यक्ष लालबहादुर रावत लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।