कालिकोट । कालिकोटमा ६० हजार जनाभन्दा बढी नागरिकलाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई पुस १२ देखि १४ र १६ देखि १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो ।

पहिलो चरणमा तिलगुफा नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको टाइफाइड खोप अभियान २०८०/०८१ सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १८ वर्ष देखी ४५ वर्ष उमेर समूहका नागरिकहरूलाई अनिवार्य रूपमा खोप लगाउने बताइएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा। सङ्केत विश्वकर्माले बताउनुभयो । दोस्रो चरणमा खाँडाचक्र, रास्कोट, पचालझरना, सान्नी त्रिवेणी र शुभकालिका गाउँपालिकामा १६ गते देखी १८ गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा व्यवस्थापक विश्वकर्माले जानकारी दिनुभयो । तोकिएको दिनमा खोप लगाउन सबैले उपस्थित हुन अनुरोध गरिएको छ ।