इन्द्रेणी संवाददाता
घोराही बनाऔं अभियानका संयोजका सविन पृयासनले दाङबाटै नियमित उडान नहुँदा सम्म आफू जहाज नचढ्ने घोषणा गरेका छन ।
नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष समेत रहेका स्थापित पत्रकार तथा घोराही बनाउऔं अभियानका संयोजक सविन पृयासनले दाङका जनप्रतिनिधिहरु जिल्लामा रहेको पुरानो विमानस्थल सुधारका लागि कुनै चासो नदेखाएकाले दबाब दिन उक्त घोषणा गरेको बताएका छन ।

घोषणा गर्दै संयोजक पृयासन सामाजिक संजालमा यस्तो लेखेका छन :

‘कहिले काहीँ बाध्यता बस बसको यात्रा गर्दा पुग्न नसकिने समय रहेछ, मालाइ त्यहा जानै पर्ने छ, बाटो बन्द छ भने अर्को कुरा हो, नत्र अब देखि दाङ बाट नियमित दिनदिनै उडान नहुदा सम्म म हवाइ जहाज नचढने निर्णयमा पुगे l’