
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका ९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको छ। मङ्सिर १७ गते सुत्केरी भएर दुई छोराको जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताए। कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो। समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानीयले बताएका छन्।
