काठमाडौँ, १२ साउन । सर्वोच्च अदालतमा सिफारिस ११ स्थायी न्यायाधीशको स्थगित संसदीय सुनुवाइ प्रक्रिया आज बाट हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले स्थगित सुनुवाइ प्रक्रिया अघि बढाउन अहिले बिहान ८ बजे समिति बैठक बोलाएको छ । समितिले बुधबार रोलक्रममा ६ जना न्यायाधीशको सुनुवाइ गर्नेछ ।
साउन २ गतेका लागि तय भएको सुनुवाइ सभापति कुलबहादुर गुरुङले अस्वस्थताको जानकारी दिँदै स्थगित गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो । संसदीय सुनुवाइ विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले बुधबारबाट सुनुवाइ गर्नेगरी बैठक बोलाइएको जानकारी दिनुभयो । सचिव घिमिरेले भन्नुभयो ‘बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको छ ।