इन्द्रेणी संवाददाता
तुलसीपुर ११ साउन । प्राविधिक शिक्षाका लागि आज दाङका पाँच सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिदै छन् । स्टाप नर्स, आएसीएजी र डिप्पलोमा कम्प्युटर विषयको अध्यनका लागि ५ सय २० जना विद्यार्थीहरुले प्रवेशका लागि परिक्षा दिनलागेको राप्तीलायफ केयर अस्पताल तुलसीपुरका प्रशासकिय अधिकृत जीवन भण्डारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार स्टापनर्समा ३ सय जना, आइएसीका एक सय ५० र कम्प्युटर विषयमा ७० जना विद्यार्थीले परीक्षा दिदै छन् । परिक्षा आज विहान ८ बजे देखि पद्मोदय उच्च माध्यामिक विद्यालय घोराहीमा हुने भएको छ ।
स्टाप नर्सको प्रवेश परीक्षामा उतिर्ण हुने विद्यार्थीले राप्तीलायफ केयर नर्सीङ कलेज तुलसीपुर, दिपज्योति नर्सीङ कलेज घोराही, सञ्जीवनी नर्सीङ केलेज घोराही, त्यसैगरी आएसीएजी तर्फ उतिर्ण हुनेले मदनभण्डारी प्राविधिक शिक्षालय घोराही र कम्पयुटर तर्फ उतिर्ण हुने विद्यार्थीले राप्ती इन्जिेनेरीकङ कलेज घोराहीमा अध्यन गर्न पाउने छन् ।
यस बर्ष दाङमा विभिन्न नर्सीङ कलेजका लागि एक सय , कम्प्युटर शिक्षा तर्फ ४८ र आएसीएजी तर्फ ४० जनाको कोटा रहेको राप्तीलायफ केयर अस्पताल तुलसीपुरका प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम
