काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ।
संकलित प्रमाणबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुर प्रमाणित नभएको भन्दै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले टोपबहादुरलाई भने थुनामै राख्न आदेश दिएको छ।
