बैतडी । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मेची–महाकाली अभियान शुरु गरेको छ । समृद्धिका लागि संकल्प यात्रा भनिए पनि एमालेले ‘जनता र कार्यकर्तासँग’ जोडिन यो यात्रा सुरु गरेको हो।

एमाले अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटबाट समृद्धि यात्राको सुरुवात गरेका हुन्। मध्यपहाडी लोकमार्गको पश्चिम अन्तिम बिन्दु मानिएको झुलाघाटबाट मुलुकको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष ओलीले बिहीबार संकल्प यात्राको शुेभारम्भ गरे ।

ओलीको नेतृत्वमा करिब तीन सातासम्म चल्ने यो यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू सहभागी छन्। लामो समयसम्म सत्ताबाट वाहिर रहेको नेकपा एमालेमा सत्ता छटपटी चुलिदै गएको छ । सत्ता वाहिर रहदाको छटपटीले एमालेले अहिले नै मध्यावधिको विषयलाई उठान गर्न शुरु गरिसकेको छ ।