जाजरकोट । भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् ।

वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो ।

अत्यधिक चिसोका कारण दीर्घरोगीले थप स्याहार पाउन नसक्दा ज्यान गुमाइरहेको नलगाड नगर अस्पतालका डा. विशाल उप्रेती बताउँछन् । अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ ।