काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेलरमट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेलरमट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।