काठमाडा्रै । इजरायल र हमासबीच चार दिनका लागि युद्धविराम भएको छ । युद्धविराम आज शुक्रवारदेखि लागू हुने भएको छ । कतारको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको हो ।
युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बीबीसीले जनाएको छ । एजेन्सी
