व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको प्रदर्शनमा सांसद शाही पुगेका हुन्।
प्रसाईंको आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंप्रति अविश्वास गर्दै गर्दा संस्थापक तथा वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत नेताहरुले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए ।
पार्टीभित्र दुई धार भइरहेको बेलामा सांसद शाही कार्यक्रममै सहभागी भएका हुन् ।
