काठमाडौं । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो भूकम्प काठमाडौं उपत्यकामा समेत झड्का महशुस गरिएको थियो। भूकम्प गएपछि सुतिरहेका मानिस सरक्षाका लागि घर बाहिर निस्किएका थिए। भूकम्पबाट कहाँ कति क्षति भयो भएन भन्नेबारे भने जानकारीमा आएको छैन ।