इन्द्रेणी संवाददाता
घोराही, १२ साउन
दाङमा अबैधरुपमा खोलाबाट ढुंगाजन्य बस्तुहरुको उत्खनन गरी निकासी गरिरहेका तीनवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घोराही नगरपालिका ४ को सिस्नेखोलाबाट अबैधरुपमा ढुंगाजन्य बस्तु निकासी गरिरहेकाका तीनवटा ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रतिबन्ध लगाइएका खोलाबाट ढुंगाजन्य बस्तु उत्खनन् गरेको भन्दै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरीको टोलीले लु २ त ४४, रा १ त २०७२ र रा १ त ९२५ नम्बरको ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको हो ।
ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आबस्यक कार्वाहीका लागि जिल्ला विकास समितिमा पठाइएने उहाँले जानकारी दिनुभयो ।।