इन्द्रेणी संवाददाता
रोल्पा, १२ साउन
भारी वर्षापछि पुर्बी रोल्पाको जैमाकसलाका विभिन्न वडामा पहिरोको जोखिम बढेको छ । गाविसको वडा नं ५ जैमा, वार्ड नं ७ र ८, वार्ड नं १ नाराबाङ लगायतका गाउँ बस्ति पहिरोको उच्च जोखिममा रहेका छन ।
ईलाका प्रहरी कार्यालय पोबाङका ईन्चार्ज प्रहरी नायव निरिक्षक कर्ण रौलेको नेतृत्वमा एक टोली त्यस तर्फ गएको छ ।
देवि मन्दिर निमावि जैमाकसला ४ पोबाङ रोल्पाको नव निर्मित भवन नजिकै रहेको देवि मन्दिर र मन्दिर सँगै रहेको ठुलो रूख सहित पहिरोले वगाँउदा भवनमा क्षति पुगेको पत्रकार हर्क घर्तीले जानकारी दिनुभयो ।
भवनको एउटा कोठामा पुरै क्षति पुगेको छ ।उता, यस्तै रोल्पाको उवामा पनि पहिरोको जोखिम रहेको खबर छ । पहिरोले रोल्पाकै गुमचालालमा एक जनाको ज्यान गएको खवर प्राप्त भएको छ ।।