दाङ, दाङ देउखुरीमा ८० बढि घरहरु डुबानमा परेका छन । स्थानीय खोला तथा राप्ती नदिमा पानीको वहाव वढेपछि देउखुरीको १ नगरपालिका र ३ गाविसका गरी ८५ वटा घरहरु डुवानमा परेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार लमही नगरपालिका वडा नं २ र ९ मा १४ घर डुबनमा परेका छन ।यसैगरी सिसहनियाँ गाविस ९ मा ५ वटा, बेला गाविस २ मा ५, १ मा १ घर डुबानमा परेको डिएसपी शर्माले वताउनुभयो । यसैगरी सतबरीया गाविस वडा नं ३,४ र ६ मा ६० बटा घर डुबानमा परेका हुन ।अबिरल बर्षापछि आएको बाढीले राप्ती नदि आसपासका ति गाँउमा डुबानको जोखिम वढेको छ ।।
