इन्द्रेणी संवाददाता
दाङ १२ साउन । दाङको देउखुरीमा बस दुर्घटना हुदा ५ जना यात्रु घाईते भएका छन् । घाईते मध्य २ जनाको अबस्था गम्भिर छ ।जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज भालुवाङको फेरिया खोलामा पल्टिदा ५ यात्रु घाईते ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बिहान ४ बजे तिर भएको दुर्घटनामा परी गम्भिर घाईते हुनेमा बसमा सवार जाजरकोट खलङ्गा-३ बर्ष २२ बर्षीय चन्द्रमा रावल र जाजरकोट खलङ्गा-२ का ३६ बर्षीय दलराज बिक रहनुभएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो ।
त्यस्तै रुकुम घटेमा-६ का २७ बर्षीय पहलसिंह परियार, जाजरकोट ढिम-१ का ५० बर्षीय भिमबहादुर थापा र भेरी नपा-२ का १७ बर्षीय सबिन डिसी सामान्य घाईते हुनुभएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । गम्भिर घाईतेहरुको जनाको अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । सामान्य घाईतेहरुको भने अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि घर पठाईएको प्रहरीले जनाएको छ ।।
