तुलसीपुर १२ साउन । दाङका खोला तथा नदिहरुमा पानीको बहाव घटेसंगै जनजिवन सहज बन्दै गएको छ । सडक बिचमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव घटे संगै मोटरसाईकल बाहेक अन्य सबै सवारीका साधनहरु संचालनमा आएका छन् । मोटरसाईल भने अझै पनि पुर्ण रुपमा संचालनमा आउन सकेका छ्रैन्न ।
उता राप्ती नदिमा पानीको बहाव घटेसंगै देउखुरी क्षेत्रको पनि जनजीवन समान्य बन्दै गएको ईप्रका भालुवाङले जनाएको छ । देउखुरीका जोखिमका सम्भाबित बस्तिहरु जोखिम मुक्त भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिर प्रताप सिंहले जानकारी दिनुभयो ।