इन्द्रेणी संवाददाता

काठमाडौं ,२१ कार्तिक । योरोपको भ्रमण स्थगित गरेर राष्ट्रपति रामचन्द्र पौडेल भुकम्प प्रभवित क्षेत्र जाजरकोट पुगेका छन ।

यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म तय गरिएको उनको युरोप भ्रमण स्थगित गरेर उनि जाजरकोट पुगेका हुन ।

देशमा संकट परेका बेला राष्ट्रपति भ्रमणमा निस्कनु अनुचित ठान्दै उनले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जाजरकोटको भुकम्प प्रभावित क्षेत्रमा अनुगमन गरेर जिल्ला अस्पताल जाजरकोट पुगि बिरामीको स्वास्थ्य अवस्था समेत बुझेका थिए।