इन्द्रेणी संवाददाता काठमाडौं , २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन ।
