इन्द्रेणी संवाददाता
घोराही, कार्तिक २१ । घोराही उपमहानगरपालीकाका इन्जिनियर भरत केसि माथी हातपात गरेको आरोपमा प्रहरीले निर्माण ब्यबसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
बिल भुक्तानिको बिषयलाई लिएर बिबाद हुँदा केसिलाई कामकाजमा अबरोध पुर्याएको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले बताए । कर्मचारीमाथी हातपात गरेको भन्दै उपमहानगरका कर्मचारीले सेवा ठप्प पारेका थिए । सेवा ठप्प भएपछि सेवाग्राहि मर्कामा परेका छन ।
पिडितले जाहेरी ल्याएर आए मुद्धा दर्ता हुने प्रहरीले जनाएको छ । दोषिलाई कारबाहिको माग गर्दै उपमहानगरका कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा पनि केहीबेर धर्ना दिएका थिए ।
