डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, छोरी ८ महिनाकी प्रार्थना मलाल, ३२ वर्षीया धनशोभा बुढा र छोरा ६ वर्षीय छोरा कविन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी निशान्त श्रीवास्तवका अनुसार बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा शिखर नगरपालिका– ६ अण्यौलमा ​दुर्घटना भएको हो​। जीप सडकबाट ५०र६० मिटर तल खसेको छ।

जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।