देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गरेरै छाड्ने बताएकी छन् । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उहाँले सो कुरा बताएकी हुन् ।
सहकारीको ऋण प्रवाहको झन्झटिलो नीति र ऋणीको प्रष्ट वुझाइको अभावमा सहकारी समस्या पनि बन्दै गइरहेकाले यस्ताखालका समस्या हल गर्ने बताइन् । शर्माले भनिन्, ‘केही सहकारीले नमूना काम गरेर वास्तविक रुपमा आर्थिक समृद्धिको काम पनि गरेका छन्, तर केही सहकारी उभोक्तका लागि समस्या बनेका छन्, यस विषयमा सरकारले उचित छानवीन गरेर समस्या हल गर्छ ।’
नेपाल सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले सरकारले कार्यदल बनाएर सहकारीको समस्या अध्ययन गरेको र कार्यदलले पनि प्रतिबेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले अब प्रतिबेदनको अध्ययन गरेर वास्तविक पीडितलाई न्याय दिलाउने र सहकारी संस्थाको हकमा पनि उचित निर्णय दिने बताइन् ।
गढवा गाउँपालिकाद्वारा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास साझेदारी परियोजनाद्वारा प्रवर्धित सहकारीको दोस्रो भेलामा प्रमुख अतिथि शर्माले महिला अब स्वरोजगारमा जोडिन आवश्यक रहेको बताएइन् ।
