दाङ । गौमाता रक्षार्थ घोराहीमा महायज्ञ सुरु भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ का लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन् ।
महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री चौधरीले हिन्दुहरुले पूजा गर्ने देवताको रुपमा मान्ने गाईको संरक्षण गर्नकालागी सबैजना लागीपर्न आवश्यक भएको बताए । राष्ट्रि«य तथा धार्मीक जनावर गाईको रक्षा गर्नु हरेक नेपालीहरुको कर्तव्य भएको भन्दै उनले गोवंशबाट कसरी उत्दानमा जोड्ने भनेर लाग्न आवश्यक भएको बताए । उनले महायज्ञले गाईको महत्व समाजमा स्थापीत गर्नका लागि र गोवंश रक्षाकालागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित यस अभियानमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष रामलौटन चौधरी, विश्व हिन्दु महासंघ दाङका अध्यक्ष डा. भोलानाथ योगी, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष शारदा पोख्रेल, घोराही उपमहानगरपालिकाका पूर्व कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेय, सामाजिक अभियान्ता चन्द्रप्रकाश देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मातृशक्ती परिचालन समितिका संयोजक रुपा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महायज्ञ आयोजक मूल समितिका सह–संयोजक बिमला योगीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे भने महायज्ञको उद्धेश्यको बारेमा विश्व हिन्दु महासंघ दाङका अध्यक्ष डा. भोलानाथ योगीले स्पष्ट पारेका थिए । कार्यक्रमको सहजिकरण महायज्ञ प्रचारप्रसार समितिका संंयोजक आर.के.शीतलले गरेका थिए ।
राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञको उद्घाटनपूर्व घोराहीमा शोभायात्रा गरिएको थियो ।
महायज्ञमा हरेक दिन श्रृगारिक गौ आरती गरिने छ । एक करोड दीप प्रज्वलन गरिने भएको छ । भत्तजनहरुको माग अनुसार महायज्ञमा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम राखीएको छ ।
यस्तै एक हजार आठ शालिग्राम पूजन, एक सय आठ कन्या पूजन लगायत विवाह, ब्रतबन्ध, चौरासी पूजाको व्यवस्था पनि गरिएको छ । महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहेका छन् ।
