sf7df8f}F, !* h]7M ef/tLo k|d df]bL ;+o'Qm kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ef/tLo k|wfgdGqL g/]G› df]bLåf/f x}b/fjfb xfp;df laxLaf/ cfof]lht ;+o'Qm kqsf/ ;Dd]ngdf ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुच्चे नक्साभित्र समेटिएको दार्चुलाको कालापानी क्षेत्रमा भ्रमण गरेका छन् । मोदीले बिहीबार नेपालको नक्सामा समेटिएको गुञ्जी र कुटीलगायत क्षेत्रमा भ्रमण गरेका हुन् ।

भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी, कुटी नेपालले ०७७ मा जारी गरेको चुच्चे नक्साभित्र समेटिएका गाउँ हुन् । मोदीले गुञ्जीमा भेटघाट कार्यक्रम राखेका थिए ।

मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका थिए । स्थानीय पहिरनमा सजिएका मोदीले सौका समुदायसँग संवादसमेत गरे । मोदीको भ्रमण भएको ठाउँमा नेपालीलाई प्रवेशमा रोक लगाइएको थियो । नेपालीलाई सीतापुलभन्दा माथि जान रोक छ । नेपाल सरकारले ७ जेठ ०७७ मा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।

मोदीको भ्रमणबारे नेपालको प्रशासनलाई कुनै जानकारी गराइएन । त्यसबारे प्रशासनलाई औपचारिक जानकारी नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन, भारतीय प्रधानमन्त्री आउने भन्ने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाएका हौँ,’ उनले भनिन्, ‘त्यसबाहेक अन्य धेरै जानकारी छैन ।’

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले पनि भारतीय प्रधानमन्त्रीको भ्रमणबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यो भ्रमणबारे कुनै जानकारी आएको छैन,’ उनले भने ।