दाङ । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा एक सय आठ कन्या पूजन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ मा एक सय आज कन्या पूजन गरिने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा एक सय आज कन्या पूजन गरिने आयोजक मूल समितिका सह–संयोजक बिमला योगीले जानकारी दिए । यसका साथै हरेक दिन १ हजार ८ शालिग्राम पूजन, ब्रतबन्ध, विवाह लगायतका कार्यहरु गरिने छ ।

विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहेका छन् । अन्य महायज्ञ भन्दा फरक उद्धेश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनकालागी सबैजना आ–आफ्नो स्थानबाट लागी पर्न आयोजक मूल समितिले अनुरोध गरेको छ ।