काठमाडौं । सर्वोच्च अदालतले दिउँसै खुडा हानेर व्यक्ति हत्या गर्ने नेपालगन्जका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिनुको कारणबारे सरकारसँग जवाफ मागेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस विषयमा आठबुँदे आदेश दिएको हो ।
आदेशको पहिलो बुँदामै प्रत्यर्थी ढकाललाई आफू वा आफ्ना कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । जवाफ पेस गर्न विपक्षीहरूलाई ६ दिनको समय दिइएको छ भने सातौँ दिन यस मुद्दाको पेसी तोकिएको छ । तत्कालै आदेशको प्रतिलिपिसमेत साथै राखी म्याद सूचना तामेल गराउन आदेश भएको हो ।
रिगललाई मन्त्रिपरिषद्को निर्णयका आधारमा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट माफी पाएर जेलमुक्त भएका थिए । उनले १२ पर्ष पहिला नेपालगञ्जमा एक जनालाई नियन्त्रणमा लिई खुडा प्रहार गरेर हत्या गरेका थिए ।
