दाङ । उद्योग व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा वसन्त जोशी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनबाट जोशीले १३४५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रत्यासी रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गरेका छन् ।
निर्वाचनबाट उद्योग उपाध्यक्ष बाहेक अन्य सबै पदाधिकारीहरुमा वसन्त जोशी संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । उद्योग उपाध्यक्षमा भने रामप्रसाद पोख्रेल नेतृत्वको सझा, समावेशी व्यवसायिक प्यानलका ध्रुर्व कुमार गहतराज विजयी भएका छन् । गहतराजले संयुक्त व्यवसायिक प्यानलका भरत प्रसाद रेग्मीलाई हराउदै ११२६ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ १३३१, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का ११५२, महासचिवमा महेन्द्र बुढाथोकी १२३६, सचिवमा विकास वली १०८४, कोषाध्यक्षमा जगत आचार्य १२०३ र सहकोषाध्यक्षमा माधव खनाल १३२९ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल र एशोसियट सदस्यमा युवराज पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रुद्र बहादुर जैशी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, राम प्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, तोर्वु तामाङ र सुरज बुढाथोकी निर्वाचित भएका छन् ।
संयुक्त व्यवसायिक प्यानललाई सत्तारुढ दल नेपाली र कांग्रेस, एकीकृत नेकपा माओवादी समर्थक व्यवसायीहरुको समर्थन थियो भने सझा, समावेशी व्यवसायिक प्यानललाई नेकपा एमाले समर्थक व्यवसायिकहरुको समर्थन थियो । शनिवार भएको मतदानमा ३३५८ मतदातामध्ये २३५७ मत खसेको थियो ।
