दाङमा बस दुर्घटना भएको छ । पाेखराबाट सुर्खेत जादै गरेकाे ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसाेतामा दुर्घटना हुदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बिहान करिब ५ बजे बस दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेर घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो।
`बस अनियन्त्रित हुदा दुर्घटना भयाे । घाइतेहरुकाे उद्दार गरेर अस्पताल लगिएको छ´उहाँले भन्नुभयो-`मानवीय क्षति भएको छैन । धेरै चाेटपटक लागेकाहरुलाइ थप उपचारको लागि बाहिरी जिल्ला पठाउन खाेज्दै छाैं ।´





