काठमाडौं । नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।

गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित भएका छन् । सचिवमा नवराज सिलवाल ५६८ मत ल्याएर विजयी भएका छन् । अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरेका थिए । उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् ।