दाङ । उद्योग व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । विहान ८ बजेदेखि घोराहीस्थित उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभागृहमा मतदान हुन लागेको हो ।

मतदानका लागि क देखि च बुथको व्यवस्था गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । मतदानका लागि सहज वातावरण कायम गर्नका लागि ६ वटा बुथ निर्माण गरिएको संघले जनाएको छ । करिब ७ हजारको सदस्यता भएको दाङ उवासंघमा यस पटकको लागि ३ हजार ३ सय ५८ जनाले मतदान गर्दैछन् । मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल र साझा, समावेशी व्यवसायिक प्यानल नाम दिएर दुई वटा प्यानलमा व्यवसायिक नेताहरु चुनावी मैदानमा छन् । संयुक्त व्यावसायिक प्यानलको नेतृत्व वसन्त जोशीले गरेका छन् भने साझा, समावेशी व्यवसायिक प्यानलको नेतृत्व रामप्रसाद पोख्रेलले गरेका छन् ।