दाङ । व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचन आँगनमै आइसकेको छ । भोलि अर्थात असोज १३ गते हुने निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल र साझा, समावेशी व्यवसायिक प्यानल नाम दिएर दुई वटा प्यानलमा व्यवसायिक नेताहरु चुनावी मैदानमा होमिएका छन् ।
संयुक्त व्यावसायिक प्यानलको नेतृत्व वसन्त जोशीले गरेका छन् भने साझा, समावेशी व्यवसायिक प्यानलको नेतृत्व रामप्रसाद पोख्रेलले गरेका छन् । जोशी शालिन र भद्र व्यक्तित्व हुन् । उनी केही वर्षदेखि जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व लिनका लागि लागि परेका छन् । उनी यसअघि आफू निकटकै प्यानलसँग चुनावी मैदानमा थिए । गएको निर्वाचनमा वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीसँगको निर्वाचनमा जोशीले हार व्यहोर्नु परेको थियो । जोशी कांग्रेस निकटकै चुनावी प्यानलसँगको प्रतिस्पर्दा गरेर हार व्यहोरेका हुन् । उनी यस वर्ष पनि नेपाली कांग्रेस र माओवादी निकट व्यवसायीहरुको समर्थन रहेको सयुक्त व्यवसायिक प्यानलको नेतृत्व गरेर अध्यक्षका उम्मेदवार भएका छन् । यति हुदैगर्दा गएको निर्वाचनमा पनि आफू निकटकै नेतृत्वको प्यानलको विपक्षमा उभिएर अर्काे (वागी) उम्मेदवार भएर निर्वाचनमा गएकाले यसपटक ती निकटका व्यवसायीहरुले जोशीको नेतृत्वलाई सहजै स्वीकार गर्ने अवस्था नरहेको देखिन्छ । अझ भन्दा त्यो निकटका केही व्यवसायी नेताहरु जोशीको पक्षमा यस पटक निर्वाचन प्रचार प्रसारमा समेत साथ नदिएको चर्चा छ । यति हुँदा हुदै पनि जोशी व्यवसायीहरुका लोकप्रिय उम्मेदवार हुन् । उनले विगतमा ल्याएको मतलाई हेर्ने हो भने पनि उनी व्यवसायीहरुको रोजाइमा छन् भन्ने आंकलन गर्न सकिन्छ ।
त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार रामप्रसाद पोख्रेल सरल, शालिन र भद्र व्यक्तिका रुपमा चिनिन्छन् । झण्डै २० वर्ष व्यवसायिक अनुभव संगालेका पोख्रेल अहिलेको कार्यसमितिका उपाध्यक्ष हुन् । यस अघिका कार्यसमितिमा सदस्य, उपाध्यक्ष हुँदै अनुभव संगालेका पोख्रेल अहिले साझा, समावेशी व्यवसायिक प्यानलको नेतृत्व गर्दै चुनावी मैदानमा छन् । यो प्यानल नेकपा एमाले समर्थक व्यवसायीहरुको प्यानल भनिएको छ । सरल, शालिन र भद्र स्वभावका भएकाले पोख्रेललाई व्यवसायीहरुको मनमनमा बस्न सजिलो भएको चर्चा छ । उनले वर्तमान उपाध्यक्षको भूमिका निर्वाह गर्दा पनि व्यवसायीहरुको समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरेको केही व्यवसायीहरु बताउछन् । उनले आफ्नो यो कार्यकालमा धेरैको मन जितेको देखिन्छ । उनले सबैमा गर्ने व्यवहार, उनको सरल, शालिन र भद्र व्यक्तिगत चरित्र, व्यवसायीहरुमा गर्ने व्यवहारले व्यवसायीहरुको मन जितेको देखिन्छ । कसैको आँखामा नविझाउने स्वभावका उम्मेदवार पोख्रेल अहिले आफू निकटका र केही आफ्नो व्यवहार र कार्यशैलीका कारण मन जितेका व्यवसायीहरुको मतले बाजी मार्ने मौकामा छन् ।
यसरी एउटा व्यवसायिक संस्थाको नेतृत्वका व्यवसायिक नेताहरु आफ्नो पक्षमा मत पार्न घरदैलोमा आइरहेका छन् । भोलि मात्रै यी नेताहरुलाई चुन्नका लागि मतदान हुँदैछ । चुनावी मैदानमा रहेका दुई प्यानलमध्ये कसले बाजी मार्छ त्यो त चुवान पछिको नतिजाले देखाउनेछ । चुनावी सफलताका लागि दुवै प्यानलका उम्मेदवारहरुलाई जितको शुभकामना ।
संयुक्त व्यावसायिक प्यानलका उम्मेदवारहरु

साझा, समावेशी व्यवसायिक प्यानलका उम्मेदवारहरु












