काठमाडौं । ललितानिवासको जग्गा व्यक्तिका नाममा ल्याई किर्ते गरेको मुद्दामा तीन जनामाथि मुद्दा दायर नगरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण माग गरेको छ ।

आइतबार न्यायाधीश विनोदकुमार शर्माको इजलासले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईका साथै तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई मुद्दा नचलाउनुको कारण देखाऊ आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइपछि जारी आदेशमा सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नुपर्ने उल्लेख छ । न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव पौड्याललाई मुद्दा नचलाइएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।